सर्वपथम त तपाइहरुलाई मेरो एकल पयासवाट केहि हदसम्म सफलता पाप्त गरेको यो साइट दृश्यावलोकन गरिदिनुभएकोमा तपाइहरुलाई आत्मैदेखि धन्यावाद दिन चाहन्छु । विभीन्न दुःखकष्टहरु संग लुछाचुडी गर्दै यहाँ सम्म आईपुगेको छु । यसैलाई नै ठुलो कुरा मान्नु पर्यो । हो मेरो रोल्पाको सपना सजाउने मेरो अठोट केही हदसम्म पूरा भएको अनुभति गरेको छु । मान्छेलाई कहिल्यै नपुग्दो रहेछ । तर सन्तुष्ट हुन सक्नुपर्दो रहेछ । हो म यो मेरो व्यत्तिगत वेवसाइटबाटै मैले सकेजति रोल्पा जिल्लाको परिचयऽ भेषभुषा रहनसहन भौगोलिक अवस्थाका बारेमा जानकारी दिने पतिवद्बता व्यत्त गर्दछु ।
हो विश्व आज पविधिका हिसावमा कहाँवाट कहाँ पुगिसक्यो तर हाम्रो रोल्पामा भने एउटा फोन गर्नलाई झण्डै २ दिन कुर्नुपर्ने अवस्था थियो ईमेल ईन्टरनेटको त कुरै छाडौ त्यो हामीबाट धेरै टाढाको कुरा भइहाल्यो हैन र । अहिले रोल्पाली जनताले केही सुविधा पाएको अनुभूति गरिरहेका छन् कि गाउँ–गाउँमा मात्रै नभएर हात–हातमा सिडिएमए फोन र स्काई मोवाईइलको नेटवर्कले गाउँलाई नजिक बनाइदिएको छ । अझ स्काईकै डाटा रिमकार्डको सहायतामा गाउँमा पनि इन्टरनेटको सुविधा उपभोग गर्न पाइरहेका छन् । यसले रोल्पालाई नै विश्वसंग नजिक बनाइदिएको छ । यसलाई ठुलै उपलब्धि मान्नुपर्छ । हो ढिलै भएपनि विकास निर्माणका कामहरु सूचारु हुनुपर्छ र शुरु भइसकेका आयोजनाहरु तत्काल पूरा हुनुपर्छ । विकास निर्माणका काममा राजनीतिक हस्तक्षेप हुनुहुदैन र यो राम्रो पक्ष पनि हैन भन्न चाहन्छौ र यो राम्रो हुने छैन पनि ।
आदरणिय पाठकवृण्द मैले मेरो यो कार्यमा मैले विभिन्न ठाउँ र व्यत्तिहरुसंग सहयोगका लागि हात फैलाएको थिए । कसैवाट पाए हुँला अनि कसैवाट आश्वासन मात्र पनि पाए हुँला त्यो त यहाँ भनिरहनु नपर्ला । र म दुखित पनि छैन कि मैले सहयोगको भावना नै नभएका मान्छेहरुसंग सहयोग माग्नु मेरै गल्ति हो । म मेरो यस कार्यमा सहयोग पुर्याउनु हुने दाई सुविन श्रेष्ठलाई हृदयदेखी आभार पकट गर्न चाहन्छु उहाँले मलाई नेपाली लिपीमा साइट बनाउन हरतरहले साथ दिनुभयो । उहाँको सल्लाह सुझावले नै मैले यो आँट गर्न सकेको हुँ । साथै अंकलहरु बीरबहादुर बुढामगर मानबहादुर बुढामगर अन्टि अनिता बुढामगर नयाँ पत्रिकमा कार्यरत दाई सागर पण्डित अनि दुर्गा पुनमगरमा आभार व्यत्त गर्दछु । अन्त्यमा मेरो साइटको अवलोकन गरिसकेपछि मलाई सारसल्लाह सुझाव दिई मलाई यस कार्यमा साथ दिन हार्दिक अनुरोध गर्दछु । मैले रोल्पा जिल्लाकै वस्तुस्थितिलाई समेटेर ब्लग पनि सन्चालन गरेको छु यदि हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् यहाँ पनि क्लिक गर्नुस् ल ।